अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने, इजिप्ट र नाइजेरिय स्तब्ध

15 Jan, 2026
Share:
117 Shares

अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने भएका छन्।

बुधबार राति भएका सेमिफाइनलमा जित निकाल्दै दुवै टिमले उपाधि भीडन्त पक्का गरेका हुन्।

फाइलन पुग्ने क्रममा सेनेगलले इजिप्टलाई १–० ले हरायो। मोहम्मद सलाह र मोहम्मद मारमुसजस्ता स्टार खेलाडी रहेको इजिप्टलाई हराउने क्रममा सेनेगलका लागि कप्तान साडियो मानेले निर्णायक गोल गरे। मानेले ७८औं मिनेटमा निर्णायक गोल गरेका थिए।

यस्तै, सेमिफाइनलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै आयोजक मोरक्कोले फाइनलमा स्थान बनायो। निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएकोपछि पेनाल्टी सुटआउटमा पुगेको हो।

पेनाल्टीमा गोलकिपर यासिन बोनोले नायक बने । उनले नाइजेरियाका दुई पेनाल्टी बचाए। उनले सामुएल चुक्वुएजे र ब्रुनो ओनयमाचीको प्रहार रोकेका थिए।

मोरक्कोका लागिनेइल एल अयानाओयुई, एलिएस्से बेन सेघिर, अच्रफ हाकिमी र युसु एन नेस्रीले गोल गरे। हाम्जा इगामानेको प्रहार नाइजेरियाका गोलकिपर स्ट्यान्ली न्वाबालीले बचाएका थिए। नाइजेरियाका लागि पाउल ओनुएचु र एफ डेले बासिरुले मात्र पेनाल्टीमा गोल गरे।

फाइनल आइतबार राति हुनेछ।