
क्यामरुन र बुर्किनाफासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा
आयोजक क्यामरुन र बुर्किनाफासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा क्यामरुनले गाम्बियालाई २–०ले हराउँदै बुर्किनाफासोले ट्युनिसियामाथि १–०को जित निकाल्यो।
क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकाम्बीले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं र ५७औं मिनेटमा गोल गरेका थिए ।
पूर्वविजेता ट्युनिसियालाई १–०ले स्तब्ध पार्दै बुर्किना फासो अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोलाई जित दिलाउन डाङ्गो क्वाटराले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।
उनै गोलकर्ता क्वाटारा ८२ औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बुर्किना फासो १० खेलाडीमा समेटिएको थियो ।
सेमिफाइनलमा क्यामरुनले इजिप्ट र मोरक्कोबीचको विजेतासँग खेल्नेछ भने लागिबुर्किना फासोले सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेतासँग खेल्नेछ ।