अफ्रिका नेसन्स कपमा क्यामरुन तेस्रो

Read Time:1 Minute

बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक क्यमानरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो भएको छ ।

शनिबार राति भएको खेलमा तीन गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित समयमा बराबरी खेलेको क्यामरुनले बुर्किना फासोलाई सुटआउटमा ५-३ ले पराजित गरेको हो ।

कप्तान भिनसेन्ट अबुबाकरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै अन्तिम ५ मिनेटभित्र दुई गोल गरेपछि क्यामरुनले शानदार कमब्याक गरेको थियो । अबुकारकले ८५औं र ८७औं मिनेटमा गोल गरे । त्यसअघि स्टेफान बाओकेनले ७१औं मिनेटमा गोल गर्दै क्यामरुनलाई खेलमा फर्काएका थिए ।

बुर्किना फासोले भने तीन गोलको अग्रता कायम राख्न सकेन । उसका लागि खेलको २४औं मिनेटमा स्टिभ यागोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४३औं मिनेटमा क्यामरुनका गोलकिपर आन्द्रेल ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता दोब्बर बनायो । ४९औं मिनेटमा डिबिली आउटाराले गोल गर्दै बुर्किना फासोले ३-० को अग्रता दिलाए तर कायम राख्न सकेन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नयाँ सिजन बार्सिलोनाले नयाँ जर्सी लगाउने
Next post इंग्ल्यान्डलाई हराउँदै भारतले जित्यो यू–१९ विश्वकप
Close