सलाहको गोलमा हारबाट जोगियो इजिप्ट

15 Jan, 2024

अफ्रिका कप अफ नेसन्सको पहिलो खेलमा इजिप्ट हारबाट जोगिएको छ। सुपरस्टार मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरेपछि इजिप्टले मोजाम्बिकसँग २–२ गोलको बराबरी खेलेको हो।

खेलको दोस्रो मिनेटमा अब्दालाको गोलबाट इजिप्टले खेलमा अग्रता लिएको थियो। मोजाम्बिकका लागि कोएम्बोले ५५ र डेभिज बाक्यूले ५८ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रुता दिलाए।

तर दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै इजिप्टलाई एक अंक दिलाए।

आइतबार राति नै भएको खर्को खेलमा नाइजेरीयाले गुएनासँग १–१ गोलको बराबरी खेल्दा घाना क्याप वेर्डोसँग २–१ले स्तब्ध भयो।