सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

अपराजित रहँदै अल हिलाल बन्यो साउदी प्रो लिग च्याम्पियन

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ। शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो।

अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिचले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए भने अर्को लो आत्मघाती भएको थियो। हाजमाका लागि फैज सेलमानीले एक गोल फर्काए।

अल हिलालका लागि मिट्रोभिचले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा अल हाजमका फैल सेलमानीले गोल गर्दै बराबरी गरेका थिए।

पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दा हिलाल ३–१ ले अघि बढ्यो। पहिलो हाफकै अतिरिक्त छैटौं मिनेटमा सेर्गेज मिलिन्कोभिकले गोल गरेपछि पहिलो हाफमै हिलाल ४–१ ले अघि बढेको थियो।

दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपछि अल हिलाल ४–१ ले जित निकाल्दै तालिकामा ३ अंक थप्न सफल भयो । जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अंक बनाएको छ।

दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अंक रहेको छ। शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो।

अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो। अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन्।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]
1.3Kशेयर