सुपर कपको उपाधिबाट चुक्यो रोनाल्डोको टिम अल नासर

23 Aug, 2025
Share:
117 Shares

क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी सुपर कपको उपाधि जित्न असफल भएको छ। शनिबार साँझ भएको फाइनलमा अल अहलीसँग पेनाल्टी सुटनआउटमा ५–३ले पराजित हुँदै अल नासर उपविजेतामै सीमित भएको हो।

निर्धारित समयको खेल २–२को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा अल नासरका रोनाल्डो, जोआ फेलिक्स, मार्सेलो ब्रोजोभिचले गोल गर्दा अब्दुल्लाह अलखाइबरी गोल गर्न चुकेका थिए। यता, अल अहलीका इभान टोनी, फ्रांक केसिइ, रियाद महारेज, फिरास अलबुराइकान र गालेनोले गोल गरेका थिए।

त्यसअघि निर्धारित समयमा अग्रता भने अल नासरले लिएको थियो। रोनाल्डोले ४१औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेका थिए। यो रोनाल्डोको अल नासरका लागि १ सयौं गोल थिए। यसअघि उनले म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्सका लागि पनि यो उपब्धि हाँसिल गरेका छन्।

तर, पहिलो हाफको इन्जुरी समयको छैठौं मिनेटमा केसिइले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

त्यसपछि ८२औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै खेलमा पुनः अल नासरलाई अग्रता दिलाए। तर, ८९औं मिनेटमा इबान्जले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याएका थिए।

रोनाल्डोले गोल गरेपनि अल नासरले गुमायो साउदी सुपर कप उपाधि । फाइनलमा अल अहलीसँग पेनाल्टीमा ५–३ले पराजित ।