एन्फाले भन्यो– निर्वाचनमा तेस्रो पक्षको हस्तक्षेप भयो

18 Jan, 2026
Share:
117 Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही माघ २८ गते झापामा तय भएको एन्फाको चुनावी साधारण सभा तेस्रो पक्षको हस्तक्षेपबिनै अगाढि बढाउने जनाएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले तोकिएको मितिमै निर्वाचन गर्न स्वीकृति दिएको उल्लेख गर्दै एन्फाले माघ २८ गते हुने भनिएको साधारण सभा (अर्डिनरी कंग्रेस) र आगामी चार वर्षको कार्यकालका लागि कार्यसमितिको निर्वाचन प्रक्रिया तेस्रो पक्षको हस्तक्षेपबिना सम्पन्न गरिने जनाएको छ ।

एन्फा महासचिव किरण राईले फिफा र एफसीले निर्देशनबारे आइतबार संघमा आबद्ध १०६ सदस्य संस्थाहरुलाई संयुक्त रुपमा पत्र लेख्दै उक्त जानकारी गरएको हो ।

पत्रमा आसन्न निर्वाचनका लागि विधान बमोजिम संघमा आबद्ध रहेका १०८ वटै सदस्यहरुले आ-आफ्नो कार्यसमितिबाट निर्णय गरी मताधिकार प्रतिनिधि समेत छनोट गरी नामावली संघमा पठाइसकेको र उम्मेदवारी दर्ता प्रक्रिया पनि सम्पन्न भइसकेको जनाएको छ ।

निर्वाचन प्रकृया अघि बढिरहेको अवस्थामा विभिन्न तेस्रो पक्षहरूले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र उच्च अदालतमा निर्वाचन रोक्न उजुरी दिएको कुरा राईले सदस्यहरुलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

तेस्रो पक्षले मन्त्रालय, राखेप र खदालतमा उजुरी दिएपश्चात अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले जनवरी १६ मा (माघ २ गते) संयुक्त रुपमा परिपत्र गरेको एन्फाले जनाएको छ ।

साथै फिफा र एएफसीले एन्फाको आगामी निर्वाचन प्रक्रिया वैधानिक र विधानअनुसार रहेको र माघ २८ (फेब्रुअरी ११) मा तय गरिएको एन्फा कार्यकारी समिति निर्वाचनमा कुनै आपत्ति नरहेको औपचारिक रूपमा जानकारीसहित एन्फा महासचिव किरण राईलाई पत्र लेखेको एन्फाले जनाएको छ ।

पत्रमा फिफा, एएफसी र एन्फाको विधान बमोजिम सबै प्रकियाहरु वैधानिक तरिकाले अघि बढिरहेकोले घोषित मितिमा नै कुनै तेस्रो पक्षको हस्तक्षेपबिना संघको साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न गर्न निर्देशन प्राप्त भएको एन्फाले जानकारी गराएको छ ।

यस्तै तेस्रो पक्षको हस्तक्षेप भई एन्फा साधारण सभा र निर्वाचन प्रक्रिया अवरोध भएमा एन्फा निलम्बन हुने भनि सचेत गराएको एन्फाले सदस्यहरुलाई लेखेको पत्रमा उल्लेख गरेको छ ।

‘कुनै पनि तेस्रो पक्षको हस्तषेपको कारण घोषित साधारण सभा र निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको अवस्था संघ निलम्बनमा पर्ने र नेपाली फुटबल दुर्घटनामा जाने, सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु तथा अन्तर्राष्ट्रिय सहभागिता लगायत गतिविधिहरुका साथै फिफा र एएफसीबाट प्राप्त हुने अनुदानहरु रोकिने अवस्था सिर्जना हुने व्यहोरा जानकारी गराउँदछु’ महासचिव राईले लेखेको पत्रमा उल्लेख छ ।

यता नेपालमा अदालतले एन्फाको निर्वाचन प्रकृया रोक्नु भनि निर्देशन जारी गर्नु अनी फिफा र एएफसीले निर्वाचन विधान अनुसार र रहेको र रोक्नुपर्ने कारण नरहेको भन्नुले एन्फा निर्वाचन विवादले रोचक मोड लिएको छ ।

Facebook Comments Box
[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]