एन्फा कार्यसमिति बैठक पुस २२मा बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)को १५औं कार्यसमिति बैठक पुस २२ गते बस्ने भएको छ।एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै बैठक आह्वान गरेका हुन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित सात सदस्यले पुस १ गते कार्यसमिति बैठक माग गर्दै पत्र बुझाएका थिए। संयुक्त पत्र दर्ता गराउनेमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए।

एन्फाको कार्यसमितिमा एन्फाको कार्यसमितिमा १७ सदस्य रहेका छन्। पत्रमा एन्फाको केन्द्रिय कार्यसमिति बैठक लामो समयदेखि बस्न नसक्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसेको उल्लेख गरिएको थियो।

Facebook Comments Box