एन्फको निलम्बन फुकुवा

15 May, 2026
Share:
117 Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा भएकोछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार एन्फामाथि आफूले लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि राखेपले एन्फामाथिको फुकुवा गरेको हो।

राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को ९२० लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो।

निलम्बन फुकुवासँगै नेपालले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का जस्तै बनेको छ। एन्फामाथिको निलम्बनपछि नेपालको सहभागीता अन्योलनमा परेको थियो।

सहभागीता अन्योलमा परेपनि नेपाली महिला टिमले भने बन्द प्रशिक्षण गरिरहेको थियो।