एन्फाले राष्ट्रिय खेलाडीलाई राहत दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाको मारमा रहेका प्रभावित फुटबल खेलाडी राहन दिने भएको छ । एन्फाले राष्ट्रिय टिममा रहेका महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ ।

एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले कोरोनाका कारण प्रभावित महिला तथा पुरुष खेलाडीहरुलाई राहत दिने निर्णय गरेको हो । एन्फा बैठकले राष्ट्रिय टिमका ३५–३५ खेलाडीलाई नगद राहत दिने निर्णय गरेको छ । यस्तै प्रशिक्षक र फिफा रेफ्रिलाई १० हजार रुपैयाँ दिने भएको छ।

यसैगरी एन्फाले एन्फामा आबद्ध संघहरु, ए, बि र सी डिभिजन क्लबहरु, संघका स्टाफ, रेफ्री र अफिसियलहरुलाई राहत उपलब्ध गराउने भएको छ । यस्तै, एन्फाले जिल्लामा सञ्चालन हुने प्रतियोगिता आयोजक तथा क्लबरुलाई राहत दिने योजना बनाएको छ।

एन्फाले यसअघि गठन गरेको राहत वितरण समितिले पेश गरेको प्रतिवेदनको आधारमा संघ अन्तर्गत ४८ जिल्ला फुटबल संघ, ४ सदस्य समिति, १४ ए डिभिजनका क्लब, १२ बी डिभिजन, १४ सी डिभिजनका क्लबलाई राहत वितरणको योजना बनाएको छ ।

राहतका लागि फिफासँग १ लाख डलर माग गर्ने निर्णय एन्फा बैठकले गरेको छ । एन्फाले विभिन्न जिल्ला संघलाई आर्थिक सहायता उपलव्ध गराउने र जिल्ला मार्फत नै राहत वितरणको योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *