सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एन्फा महिला लिगमा संकटा विजयी

शहीद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले विजयी सुरूआत गरेको छ।

बुधबार भएको च्यासल मैदानमा भएको लिगको उद्घाटन खेलमा संकटाले न्युरोड टिमलाई पराजित ४–०ले हरायो।

संकटाको जितमा म्यानमारकी विन थेङ्गि टुनले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाइन्। सुक्रिया मियाले २३औं मिनेटमा संकटाको अग्रता दोब्बर बनाइन्।

विदेशी खेलाडी लुसियाले २६औं मिनेटमा गोल गरेपछि संकटाले आधा घण्टा भित्रै तीन गोलको अग्रता लियो। अकोसुआ अमनक्राहले ५२औं मिनेटमा गोल गरेपछि खेल संकटाले ४–०ले जित्यो।

आजै ३ बजे त्रिभुवन आर्मी एफसी र झापा एफसी भीड्ने छन्।

1.3Kशेयर