अञ्जली र सविनाले भुटानी लिग खेल्ने

2 Jul, 2025
Share:
117 Shares

नेपाली महिला फुटबलर अञ्जली चन्द र सबिना चौधरीले भुटान महिला लिग खेल्ने भएका छन्।

नेपाली यू–२० राष्ट्रिय टिमबाट खेलिसकेका दुवै खेलाडीलाई भुटान महिला राष्ट्रिय लिगका लागि थिम्पु सिटी एफसीले अनुबन्धन गरेको हो। उनीहरुको यही अक्टोबर अन्त्यसम्मका लागि छ।

क्लबले दुवै खेलाडीलाई आवागमन टिकट, आवास सुविधा र मासिक पारिश्रमिकको व्यवस्था गर्नेछ। अञ्जली मिडफिल्डर तथा विंगर हुन भने सबिना डिफेन्डर हुन्।

थिम्पु एफसी लिगमा चौथो स्थानमा छ। उसले लिगमा २ जित मात्र निकाले छ।

यअसघि तीन नेपाली खेलाडीहरु डिफेन्डर पूजा राना र मिडफिल्डरद्वय बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेलिरहेका छन्। उनीहरू ट्रान्सपोर्ट युनाइटेड एफसीमा आबद्ध छन् ।

पुजा अहिले एएफसी महिला एसियन कप छनोट खेल्ने नेपाली टिमसँगै उज्वेकिस्तानमा छिन्।