पोखरामा अञ्जनलाई सर्वोत्कृष्ट खेलाडीको सम्मान
नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्ट पोखरामा सम्मानित भएका छन्। पोखरा रंगशालामा आहा रारा गोल्डकपको उद्घाटनका अवासरमा साहरा क्लबले अञ्जनलाई वर्षको उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरेको हो।
सम्मनसँगै उनलाई ३० हजार रुपैयाँ बराबरको नगद पुरस्कार पनि प्रदान गरियो । सन् २०१४बाट राष्ट्रिय टिमको नियमित सदस्य रहेका उनी अहिले मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेल्छन्।
सहारा क्लबले प्रत्योक वर्ष एक राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ। अघिल्लो वर्ष अभिषेक रिजाललाई सम्मान गरिएको थियो।