राष्ट्रिय लिगमा आर्मीमाथि एपिएफको जित, शीर्ष स्थानमा उक्लियो

12 Mar, 2026
Share:
117 Shares

राष्ट्रिय लिगको विभागीय डर्बी भिडन्तमा एपिएफ क्लब विजयी भएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा एपिएफ अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि १–०को जित निकाल्यो।

उपाधि होडमा रहेको आर्मीमाथि एपिएफलाई जित दिलाउन बिन गुरुङले एकमात्र गोल गरे।

पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा उनले खेलको ७६औं मिनेटमा गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा एपिएफ विजयी भयो।

जितसँगै एपिएफ क्लबले उपाधिको दाबेदारी बलियो बनाएको छ। ऊ १० खेलमा २४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान ९ खेलमा २२ अंक जोडेको मछिन्द्र र चर्च बोइज युनाइटेड दोस्रो र तेस्रो स्थानमा छ।

यता, हारपछि आर्मी भने १० खेलमा २० अंकसहित चौथो स्थानमा झरेकोछ। उसको पनि उपाधि सम्भावना भने कायमै छ।