एएफसी महिला च्याम्पियन लिग छनोटमा नेपालको एपिएफ क्लबले पीएफसी नासाफसँग खेल्दै

25 Aug, 2025
Share:
117 Shares

एएफसी महिला च्याम्पियन लिग छनोटमा नेपालको लिग च्याम्पियन विभागीय टिम एपिएफ क्लबले आज पहिलो खेल खेल्दै छ।

समूह बीको आफ्नो पहिलो खेलमा एपीएफ क्लबले आज उज्वेकिस्तानको च्याम्पियन टिम पीएफसी नासाफसँग खेल्न लागेको हो। यो खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा हुन्।

खेल नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ। प्रतियोगिताको लागि नेपाली टिम केही दिनअघि नै उज्वेकिस्तान पुगेको थियो।

एपीएफलाई नेपाली राष्ट्रिय टिमकी अनुभवी विगंर अनिता बस्नतेले कप्तानी गर्ने छन्।

यसअघि एपिएफकै टिमका रहेका सावित्रा भण्डारी र प्रीति राई भने टिममा हुने छैनन्। दुवै जना अहिले विदेशमा छन्। सावित्रा न्युजिल्यान्डको क्लबमा आबद्ध छिन् भने प्रीति जोडर्नको क्लबमा आबद्ध भएकी छिन्।

गत वर्ष पनि छनोट चरणमा नेपाल र नासाफ एकै समूहमा थिए। सो भीडिन्तमा एपिएफ नासाफसँग १–०ले पराजित भएको थियो।

यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ।