साउथह्‍याम्पटनसँग पराजित हुँदै आर्सनल एफए कपबाट बाहिरियाे

5 Apr, 2026

आर्सनल एफए कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ। प्रिमियर लिगको शीर्ष स्थानमा रहेकाे आर्सनल साउथह्‍याम्पटनले २-१ ले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरएकाे हाे।

साउथह्याम्पटनले ३५औं मिनेटमा रोस स्टेवार्टको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा आर्सनलले बलमा नियन्त्रण राखे पनि स्पष्ट अवसर बनाउन सकेन ।

दोस्रो हाफमा आर्सनलले बराबरी गोल फर्कायो । ६८औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै खेल १-१ को अवस्थामा ल्याएका थिए ।

खेलको अन्त्यतिर साउथह्याम्पटनका सब्सचिट्युट खेलाडी शी चार्ल्सले निर्णायक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाए।

जितसँगै साउथह्याम्पटन २०२१ पछि पहिलो पटक एफए कप सेमिफाइनलमा पुगेको छ।

गएराति नै भएको अर्को सेमिफाइनलमा चेल्सीले पोर्ट भालेमाथि ७-० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा पुगेको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]