सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

आर्सनल प्रियिमर लिगको शीर्ष स्थानमा

आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।

जितपछि आर्सनलको ६४ अंक भएको छ र कम्तीमा एक दिन पहिलो स्थानमा रहनेछ । उसको पछाडि लिभरपुल ६३ र म्यानचेस्टर सिटी ६२ अंकमा छन्।

उपाधिको छिनोफानो हुन सक्ने लिभरपुल र सिटीबीचको खेल अगाडि आर्सनलले यो जित निकालेको हो।

इमिरेट्समा भएको खेलमा काइ हाभरटेजले ८६ औं मिनेटमा निर्णायक गोल गरे। यसअघि उसले डेक्लेन राइसको गोलले अग्रता लिएको थियो । तर गोलरक्षक आरोन राम्सडेललको भुलमा ब्रेन्टफोर्डको गोल सम्भव भएको थियो र यो योने विसाको नाममा रह्यो ।

शनिबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० र उल्भ्सले फुलहमलाई २–१ ले हरायो । बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ र क्रिस्टल प्यालेस र लुटन टाउनले १–१ को बराबरी खेले ।

1.3Kशेयर