सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

युनाइटेडलाई हराउँदै आर्सन शीर्ष स्थानमा, उपाधि फैसला अन्तिम खेलमा

आर्सलन पुनः प्रियिमर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई १–०ले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ।

आर्सनलको यो जितसँगै प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक हुनेछ। आर्सनल ३७ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा छ। म्यान्चेस्टर सिटी १ खेल कम खेल्दै ८५ अंकसहित दोस्रो स्थानमा छ।

उपाधिको फैसला अन्तिम खेलबाट हुनेछ। आर्सनलले अन्तिम खेलमा एभर्टनसँग खेल्ने छ भने सिटीले टोटनहम र वेस्टहमसँग खेल्नेछ।

युनाइटेडलाई उसैको मैदान ओल्डट्राफोर्डमा पराजित गर्न आर्सनलका लागि लियोन्ड्रो ट्रोसराडले २०औं मिनेटमा निर्णायक गोल गरे।

1.3Kशेयर