ट्रोसार्डको निर्णायक गोलमा आर्सनलको जित

10 May, 2026

आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधितर्फ थप एक कदम अघि बढाएको छ ।

लन्डन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८३औं मिनेटसम्म गोल हुन सकेको थिएन ।

त्यसपछि लिएन्ड्रो ट्रोसार्डले गरेको प्रहार विपक्षी खेलाडी टोमास सोसेकलाई लागेर गोलमा परिणत हुँदा आर्सनलले महत्वपूर्ण अग्रता लियो ।

खेलको अन्त्यतिर वेस्ट ह्यामले बराबरी गोल गरेको दाबी गरे पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोल रद्द गरिएको थियो ।

यस जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकको अग्रता बनाएको छ, यद्यपी सिटीले एक खेल कम खेलेको छ ।

आर्सनलको ३६ खेलबाट ७९ अंक छ भने दोस्रो स्थानको सिटीको ३५ खेलबाट ७४ अंक छ ।

उता पराजित वेस्ट ह्याम भने रेलिगेशनको दबाबमा परेको छ। टोली अहिले रेलिगेशन क्षेत्रमै रहँदै सुरक्षात्मक स्थानभन्दा एक अंकले पछाडि छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]