हाभर्ट्जको निर्णायक गोलमा आर्सनल विजयी

8 Apr, 2026

काइ हाभर्ट्जको निर्णायक गोलमा च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ।

मंगलबार राति लिस्बनमा भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई १–० हरायो।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनले गाब्रियल मार्टिनेलीको पासमा गोल गरेका थिए।

आर्सनलको जितमा गोलकिपर डेभिड रायाले महत्वपूर्ण भूमिका थियो। उनले खेलमा केही उत्कृष्ट बचाउ गरेका थिए।

दोस्रो लेग आर्सनलको घरेलु मैदानमा अर्को साता हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]