संकटासँग बदलालिँदै भुटनिज क्लबले जित्यो बागमती गोल्डकपको उपाधि

Read Time:1 Minute

बागमती गोल्डकपको उपाधि अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (बीवाईएससी)ले जितेको छ। मंगलबार भएको फाइनलमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै बीवाईएससीले उपाधि जितेको हो।

योसँगै बीवाईएससीले संकटासँग आहारारा पोखरा गोल्डकपको फाइनलमा पाएको हारको बदला पनि लिएको छ। बीवाईएससीलाई ३–२ले हराउँदै संकटाले आहा–रारा गोल्डकप उपाधि जितेको थियो।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा बीवाईएससी भाग्यमानी सावित हुँदै बागमती गोल्डकपको उपाधि जित्यो। उपाधिसँगै उसले ८ लाख रुपैयाँ हात पारको छ भने उपविजेता संकटाले ४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

बागमती गाउँपालिकाको आयोजनामा पुस २४ गतेबाट सञ्चालित प्रतियोगितामा सातवटा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता थियो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वालिङ गोल्डकपमा क्यामरुनी टिमसँग हार्‍यो आर्मी क्लब, भरत खवासलाई सम्मान
Next post सन्तोषी, गोपीचन्द्रसहितकाे एथलेटिक्स टोली ढाका जाने
Close