अग्रता जाेगाउन नसक्दा रोकियो बार्सिलोना

1 Sep, 2025
Share:
117 Shares

स्पेनिस ला लिगामा बार्सिलोना रोकिएको छ। आइतबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक बार्सिलोना रायो भालेकानोसँग १–१ को बराबरीमा रोकिएको हो।

खेलमा बार्सिलोनाले ४०औं मिनेटमा लमिन यमालको गोलमा सुरुआती अग्रता लियो। डिबक्समा यमाललाई नै फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।

६७औं मिनेटमा घरेलु मैदानमा भालेकानोले बराबरी गोल फर्कायो। उसका फरान पेरेजले कर्नरबाट आएको बललाई वान टचमै प्रहार गर्दै बललाई जाली चुमाएका थिए। त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो।

यस्तै, अनउ खेलमा इस्पानियोलले ओसासुनामाथि १–०को जित निकाल्दा १० खेलाडीमा समेटिएको एथ्लेटिक क्लबले रियल बेटिसललाई २–१ल्े हरायो।