रे मानाजको प्रिसिजनमा बार्सिलोनाको सहज जित

सिजनको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले सहज जित हात पारेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजन क्लब जिम्नास्टिकलाई ४–०ले हरायो ।

बार्सिलोनाको जितमा युवा स्ट्राइकर रे मानाजले ह्याट्रिक गरे भने अर्को गोल एलेक्स कोलाडोले गरेका थिए। खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो।

३८ औं मिनेटमा जिम्नास्टिक १० खेलाडीमा सीमित भएको थियो । खेलको ३८ औं मिनेटमा एलेक्सले रातो कार्ड पाएका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मानाजले ६० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८५औं मिनेटमा कोलाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि मानाज ८६औं र ८९औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ४–०को सहज जित दिलाए ।

Facebook Comments Box