लेभान्तेमाथि बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित, रोकियो एट्लेटिको

24 Aug, 2025
Share:
117 Shares

स्पेनिस ला लिगमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन जित निकालेको छ। शनिबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले लेभान्तेलाई उसकै मैदानमा ३–२ले हरायो।

खेलमा बार्सिलोनालाई जित दिलाउन पेड्री र फरान टोरेसले गोल गरेका थिए भने अर्को गोल आत्मघाती भएको थियो। लेभान्तेका इभान रोमेरो र जोसे लुइस मोरालेसले गोल गरेका थिए।

खेलमा १५औं मिनेटमा इभान रोमेरोलेको गोलमा लेभान्तेले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा मोरालेसले पेनाल्टी गोल गर्दै लेभान्तेलाई २–० को अग्रता दिलाए।

२ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरामगन गरेको थियो। पेड्रीले ४९औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गर्दै बार्सिलोनालई खेलमा फर्काएका थिए। ५२औं मिनेटमा टोरेसले बार्सिलोनाका लागि बराबरी गोल गरे।

त्यसपछि इन्जुरी समयमा लमिन यामालको क्रसमा रोक्ने क्रममा लेभान्टेका उनी एल्गेजाबालले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना खेल ३–२ले जित्यो।

नयाँ सिजन बार्सिलोनाको यो लगातार दोस्रो जित छ।

यता, अर्को खेलमा एट्लेटिको मड्रिड भने बराबरीमा रोकिएको छ। सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा एट्लेटिको इल्चेसँग १–१को बराबरीमा रोकिएको हो।

खेलमा आठौंमा मिनेटमा एट्लेटिकोका लागि अलेक्जेन्टर सोर्लोथले गोल गरेका थिए। इल्चेका लागि १५औं मिनेटमा राफा मिरले गोल गरेका थिए। योसँगै एट्लेटिकोले लिगमा खराब सुरुआत गरेको छ। ऊ पहिलो खेलमा स्पानियोलसँग २–१ले पराजित भएको थियो।