फुटबलर विराज महर्जन र विकेश कुथुले समर क्याम्प गर्ने

6 Apr, 2026

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुले आफूले सिकेको ज्ञाने युवा खेलाडीलाई दिन समर क्याम्पको आयोजना गर्ने भएका छन्।

विराज र विकेशद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले विद्यालयको अन्तिम परीक्षा सकिएलगत्तै विद्यार्थीहरूको लामो बिदालाई लक्षित गर्दै उक्त क्याम्प आयोजना गर्न लागिएको हो।

क्याम्प चैत्र २८ गते शनिबार देखि २०८३ साल वैशाख ५ गतेसम्म चल्नेछ। क्याम्प सातदोबाटो स्थित एनएसएफ स्पोर्ट्स कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ।

जसको दर्ता शुल्क रु ५००० तोकिएको छ। क्याम्पमा विद्यार्थीको मनोरञ्जन, कौशलता विकास, खेल प्रति लगाव, प्रगतिशील प्रशिक्षणलाई मध्यनजर गरिने बताइएको छ।

विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने हुँदा यस क्याम्पले विद्यार्थीको फुटबल कौशलता वृद्धिमा मदत पुर्याउने विश्वास सेन्टरले लिएको छ।

क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन्।

६ महिनाअघि सञ्चालन भएको यस ट्रेनिङ सेन्टरले ग्रासरुट तह बाटनै एउटा खेलाडीलाई चाहिने प्रशिक्षण सुविधा उपलब्ध गराउँदै आएको छ । हरेक साता शनिबार नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]