संकटा विराट गोल्डकपको सेमिफाइनलमा

Read Time:1 Minute

संकटा क्लब शहिद रंगशालामा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगबलार साँझ शहिद रंगशालामा भएको भएको खेलको अफ्रिक रुट्स एसोसिएसनलाई १–०ले हराउँदै संकटा विराटन गोल्डकपको सेमिफाइनलमा पुगेको हो।

अफ्रिकन रुट्समाथि संकटाको यो लगातार दोस्रो जित हो। यसअघि पोखरामा गतसाता सम्पन्न फाइलनमा संकटाले टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो। अब सेमिफाइनलमा संकटाले बिहीबार भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, अर्को सेमिफाइनल एपीएफ काठमाडौं र विराटनगर–११ बीच हुनेछ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । संकटाका विदेशी खेलाडी ओडी गोर्लीको क्रसमा गणेशले हेडमार्फत गोल गरेका थिए। त्यसपछि कुनै गोल नहुँदा संकटा विजयी भयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोलकातामाथि मुम्बईको रोमाञ्चक जित
Next post हारपछि पनि पिएसजी र चेल्सी सेमिफाइनलमा
Close