विराट गोल्डकप चैत २८ बाट, साविक विजेता थ्रीस्टार सहभागी नहुने

5 Apr, 2026

विराटनगरमा आयोजना हुँदै आएको ‘विराट गोल्डकप’ फुटबलको ३८औं संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।

यसपटक पनि प्रतियोगिता फ्लडलाइटमा राति खेलाइने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा विभागीय तीन टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लबसहित झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड, सम्राट स्पोर्टिङ क्लब तथा भारतको अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछन्।

उद्घाटन खेलमा चैत २८ गते आर्मी क्लब र झापा–११बीच प्रतिस्पर्धा हुनेछ।

गत वर्ष थ्रीस्टार क्लबले चर्च ब्वाईज युनाइटेडलाई २–० ले हराउँदै उपाधि जितेको थियो। यस वर्ष थ्रीस्टार प्रतियोगितामा सहभागी नहुने भएको छ।

विजेता टोलीले ११ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।

२०१८ सालमा ‘महेन्द्र गोल्डकप’का रूपमा सुरु भएको प्रतियोगिता पछि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदै आएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]