एपिएफलाई हराउँदै घरेलु टोली सांग्रीला विराट गोल्कपको फाइनलमा

4 Apr, 2024

घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफलाई सडनडेथमामा ४–३ गोलले हराउँदै सांग्रिला फाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टमा गएको थियो ।

पेनाल्टीमा ३–३ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो। सांग्रिलाका लागि आशिष चापागाई, अविशेक लिम्बु, उमेश कार्की र किरन राईले गोल गरे भने विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले बचाएका थिए।

एपीएफका अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरे। उसका दीपेश धिमाल, कुलदीप कार्कीको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले बचाउ गरेका थिए।।

सांग्रिलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ।