अन्तर्राष्ट्रिय फुटबलफुटबल

भिनिसियस र रोड्रिगोको गोलमा ब्राजिलको जित

दुई युवा स्टार खेलाडीहरु भिनिसियस जुनियर र रोड्रिगोले गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा ब्राजिलले गिनीमाथि ४–१को जित निकाल्यो ।

ब्राजिलेका जितमा भिनिसियस र रोड्रिगोसँगै जोइलिन्टन र इडर मिलिटाओले गोल गरे भने गिनीका लागि गिरासीले गोल गरेका थिए। खेलमा पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल भएको थिाये।

खेलको २७ मिनेटमा जोइलिन्टनको गोलामा ब्राजिलले सुरुआती अग्रता लियो । ३०औं मिनेटमा मिनेटमा रोड्रिगोले ब्राजिलको अग्रता दोब्बर बनाए। गिरासीले ३६ मिनेटमा गोल गर्दै गिनीलाई खेलमा फर्काउने प्रयास गरे।

४७ मिनेटमा इडर मिलिटाओले ब्राजिलका लागि तेस्रो गोल गर्दा ८८ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा चौथो गोल गर्न सफल भए।

ब्राजिलले अब जुन २१ मा सेनेगलसँग मैत्रीपूर्ण खेल खेल्नेछ। खेल पोर्चुगलमा हुनेछ।