सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

रोड्रिगो, भिनिसियस र स्टेवाओको उत्कृष्ट प्रदर्शनमा दक्षिण काेरियामाथि ब्राजिलको सानदार जित

मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। शुक्रबार साँझ भएको खेलमा रोड्रिगो, भिनिसियस जुनियर र विलियन स्टेवाओले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिलले दक्षिण काेरियामाथि ५०को जित निकाल्यो।

खेलका रोड्रिगो र स्टेवाओले समान २ गोल गर्दा भिनिसियस जुनियरले १ गोल गरे।

१३औं मिनेटमा स्टेवाओको गोलमा ब्राजिलले अग्रता लियो। उनले ब्रुनो गुइमारेसको पासमा गोल गरेका थिए। ४१औं मिनेटमा रोड्रिगोले कासेमिरोको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

त्यसपछि ४७औं मिनेटमा स्टोवाओले नै गोल गरेपछि ब्राजिलले ३०को अग्रता लियो। ४९औं मिनेटमा रोड्रिगोले भिसिसियसको पासमा टिमका लागि चौथो गोल गरे।

ब्राजिलका लागि पाँचौं गोल ७७औं मिनेटमा भिनिसियस जुनियरले गरे। उनले म्याथिस कुन्हाको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा ब्राजिल विजयी भयो।

अब ब्राजिलले अक्टोबर १४ मा जापानसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ।

1.3Kशेयर