५ खेल अगावै लेभरकुसन बन्यो बुन्डेसलिगा च्याम्पियन, लगातार ११औं उपाधिपछि बायर्न चुक्यो

15 Apr, 2024

५ खेल बाँकी छँदै बायर लेभरकुसनले बुन्डेसलिगा उपाधि जितेको छ। आइतबार राति भएको खेलमा वेडर ब्रेमेनलाई ५–०ले हराउँदै लेभरकुसनले ५ खेल अगावै उपाधि जितेको हो।

क्लबको १२० वर्षको इतिहासमा लेभरकुसनले पहिलो पटक जर्मन लिग उपाधि जितेको हो। बुन्डेसलिगा जित्ने लेभरकुसन १३औं क्लब बन्यो।

योसँगै लागतार १२ उपाधि जित्ने बायर्न म्युनिखको सपना भने पुरा हुन सकेन। बायर्नले सन् २०१२–१३ यताका सबै उपाधि जितेको थियो।

ब्रेमेनमाथि जितसँगै लेभरकुसनले बायर्नमाथि शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ। अब बाँकी पाँचै खेलमा पराजित भएपनि बायर्नले लेभरकुसनलाई भेट्ने छैन। लेभरकुसनको ७९ र बायर्नको ६३ अंक छ।

ब्रेमेनविरुद्ध लेभरकुसननका फ्लोरिन विर्ट्जले ह्याट्रिक गरे भने भिक्टोर बोनिफेस र ग्रानिट जाकाले समान एक गोल गरे ।

स्पानिस प्रशिक्षक जावी अलोन्सोको प्रशिक्षणमा लेभरकुसनले यस सिजन गजज्बको प्रदर्शन गरिरहेको छ। यो सिजन उ सबैखालै प्रतियोगितामा अपराजित छ।

२०२२ अक्टोबरमा जावीले टिम सम्हाल्दा लेभरकुजन रेलेगेसन जोनमा थियो। तर करिब १८ महिनापछि नै उनले टिमलाई च्याम्पियन बनाए।

बाँकी ५ खेलमा पनि अपराजित रहे जावीको टिमले अपराजित रहँदै उपािध जित्ने कीर्तिमान बनाउने छ।