बायर्न उपाधितर्फ अग्रसर, डुसेलडर्फ ५–०ले पराजित

डिफेन्डिङ च्याम्पियन बायर्नन म्युनिख यो सिजन पनि बुन्डेसन लिगाको उपाधि तर्फ अग्रसर भएको छ । शनिबार राति भएको खेलमा डुसेलडर्फमाथि ५–०को फराकिलो जितसहित बायर्न उपाधितर्फ अग्रसर भएको हो ।

डुसेलडर्फविरुद्धको जितसँगै बायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता कायम गरेको छ । बायर्नको २९ खेलमा ६७ अंक छ भने दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ५७ अंक छ । यद्यपि डर्टमन्डले १ खेलकम खेलेको छ । २७ अंक जोडको डुसेलडर्फ १६औं स्थानमा छ । उ रेलिगेसन जोनमा छ ।

घरेलु मैदान एलिनाज एरिनामा भएको बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २, बेन्जामिन पवार्ड र अल्फोन्सो डेभिसले समान १ गोल गरे भने अर्को गोल म्याथिस जर्गेन्सनले आत्माघाती गरेका थिए ।

बायर्नले १३औं मिनट मै अग्रता लियो । डुसेलडर्फका म्याथिसले गोल गरेका थिए । २९औं मिनेटमा डिफेन्डर पवार्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ४३औं मिनेटमा थोमस मुलरले दिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–०को अग्रता बनायो ।

यो गोलसँगै लेवान्डोस्कीले बुन्डेस लिगामा अर्को कीर्तिमान आफ्नो नाममा लेखाए । उनी जारी बुन्डेस लिगामा सबै क्लबविरुद्ध गोल गर्ने खेलाडी बनेका छन् ।

पहिलो हाफमा ३ गोल गरेको वायर्नले डुसेलडर्फलाई दोश्रो हाफमा थप २ गोल ग¥यो । ५०औं मिनेछटमा गनाब्रीको पासमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ४–०को अग्रता लियो । ५२औं मिनटमा आल्फोन्सो डेविसले गोल गर्दै वायर्नलाई ५–० को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *