सी डिभिजन लिगमा महावीरको पहिलो जित

21 Apr, 2024

शहीद स्मारक सी डिभिजन लिगमा महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसनले सिजनको पहिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा महावीरले सोसियल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबलाई ३–२ ले पराजित गरेको हो।

महाविरका लागि सन्दिप श्रेष्ठले नवौँ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । ४८औं मिनेटमा मनोज नेपालीले सोसियल वेलफेयरका लागि बराबरी गोल फर्काएका थिए ।

सन्दिपले नै ५०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि महाविरले फेरि अग्रता लियो ।

सुरज थापाले ६८औं मिनेटमा गोल गर्दै महाविरको अग्रता ३९१ बनाए । ८८औं मिनेटमा सोसियल वेलफेयरका शरद राईले गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

पहिलो जितपछि महाविरले चार खेलमा ५ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ भने एक जित र दुई बराबरी खेलेको सोसियल वेलफेयरको यो पहिलो हार हो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]