
सी डिभिजन लिग : झापा एफसी र आरसी ३२ को लगातार तेस्रो जित
सहिद स्मारक सी डिभिजन लिगमा झापा एफसी र आरसी ३२ एकेडेमीले लागातार तेस्रो जित निकालेका छन्। लिगअन्तर्गत शुक्रबार भएको खेलमा झापा एफसीले पुल्चोक स्पोटर्स क्लबलाई हराउँदा आरसी ३२ले स्वयम्भु क्लबको चुनौती पन्छायो।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई १-० ले हराउँदै झापाले लगातार तेस्रो जित निकालेको हो । झापाको जितमा पेमा तामाङले ४७ औं मिनेटमा निर्णायक गोल गरे।
यता, आरसी ३२ फुटबल एकेडेमीले लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा उसले स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले हरायो।
आरसी ३२ को जितमा किश्मत लिम्बु, रोहन कार्की र विवेक सन्तोषीले गोल गरे भने स्वयम्भुका पाल्साङ लामा र शाहील अधिकारीले गोल फर्काए ।
झापा र आरसी ३२ को ३ खेलमा ९ अंक भएपछि आरसी ३२ गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ भने झापा दोस्रो स्थानमा छ।