सामग्रीमा जानुहोस्
शुक्रबार, मंसिर ११, २०८३

च्याम्पियनस लिगमा बार्सिलोना र लिभरपुलको जित, बायर्न पराजित

युइएफए च्याम्पियन्स लिगको लिग चरणमा बुधबार राति रोमाञ्चक नतिजा आएका छन्। स्पेनिस क्लब बार्सिलोना र इंग्लिस लिभरपुलले प्रभावशाली जित हात पार्दा फ्रान्सको लिलले बायर्न म्युनिखलाई पराजित गरेको छ।

बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोली सबाह एफकेमाथि ४-१ गोलअन्तरको सहज जित निकालेको हो ।

बार्सिलोनाको जितमा एन्थोनी गोर्डनले दुई तथा करिम अदेयेमी र गाब्रियल जेससले समान एक गोल गरे । सबाहका लागि जोय लान्स मिकल्सले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता पनि बार्सिलोनाले नै लिएको थियो । खेलको ३१औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको ५१औँ मिनेटमा गोर्डनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलको ५५औँ मिनेटमा करिम अदेयेमीले गोल गर्दै बार्सिलोनालाई ३(० को अग्रता दिलाए । त्यसपछि खेलको ६०औँ मिनेटमा गाब्रियल जेससले गोल गरेपछि बार्सिलोना ४-० को अग्रता लिन सफल भयो ।

तर, खेलको ६३औँ मिनेटमा सबाहका लागि जोय लान्स मिकल्सले गोल गर्दै बार्सिलोनाको अग्रता ४-१ मा झारेका थिए । बाँकी समयमा गोल हुन नसकेपछि खेल बार्सिलोनाले ४(१ गोलअन्तरले जितेको हो ।

यस्तै, जान ब्रेइडेल स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोली क्लब ब्रुगमाथि ३-० गोलअन्तरको सहज जित निकालेको हो ।

लिभरपुलको जितमा अलेक्जेन्डर इसाकले दुई तथा फ्लोरियन विर्ट्जले एक गोल गरे ।

खेलको १३औँ मिनेटमा अलेक्जेन्डर इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको ८२औँ मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७९औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै लिभरपुललाई ३(० गोलअन्तरको जित दिलाए।

यता, जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो हारको सामाना गरेको छ। चोटका कारण ह्यारी केन, माइकल ओलिसे, लुइस डियाज, जमाल मुसियालजस्ता स्टार खेलाडी बिनै मैदान उत्रिएको बायर्न च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लिलसँग २–१ले पराजित भयो।

खेलका लिलका लागि आइसे वेडाले र बायर्नका लागि डायोट उपमेकानोले गोल गरेका थिए। अर्को गोल बायर्नका पाब्लोभिचले आफ्नै पोस्टमा गरेका थिए।

सेयर गर्नुहोस्

1.1KShares