च्याम्पियन्स लिगमा रियल र सिटीलाई सहज, बार्सिलोना र एट्लेटिकोलाई कठीन प्रतिद्वन्द्वी

18 Dec, 2023

युईएफएले च्याम्पियन्स लिगको अन्तिम १६को ड्र सार्वजनिक गरेको छ।

युईएफएले सर्वाजनिक गरेको ड्र अनुसार स्पेनिस क्लबद्वय बार्सिलोना र एट्लेटिको मड्रिडले कठीन प्रतिद्वन्द्वी पाउँदा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी, लिगको सर्वाधिक सफल टिम रियल मड्रिड, जर्मन क्लब बार्यन म्यूनिख र फ्रेन्च क्लब पिएसजीले सहज प्रतिद्वन्द्वी पाएका छन्।

ड्र अनुसार अन्तिम १६मा बार्सिलोनाले इटालियन क्लब नापोली प्रतिद्वन्द्वी पाउँदा एट्लेटिकोले गत सिजनको फाइनलिस्ट इटालियन क्लब इन्टर मिलानलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ।

यता, डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले डेनिस क्लब कोपनहेनगसँग खेल्ने छ भने रियलले जर्मन क्लब आरबी लेइपजिगसँग खेल्नेछ। जर्मन क्लब बार्यन म्यूनिखले इटालिन क्लब लाजियोलाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा अर्को जर्मन क्लब बोरुसिया डर्टमन्डले क्वार्टरफाइलन प्रवेशका लागि डच क्लब पिएसभीसँग खेल्ने छ।

यस्तै, फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब आर्सनले पनि सहज प्रतिद्वन्द्वी पाएका छन्। समूहमा दोस्रो हुँदै नकआउट पुगेको पिएसजीले समूह विजेता बनेको मध्येसबैभन्दा कमजोर स्पेनिस क्लब रियल सोसिडाडलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। आर्सनलले क्वार्टरफाइलन प्रवेशका लागि पोर्चुगिज क्लब एफसी पोर्तोसँग खेल्ने छ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १३, १४, २० र २१ मा हुनेछ भने दोस्रो लेग मार्च ५, ६, १२ र १मा हुनेछ।