जारी सिजन खराब प्रदर्शनबाट गरिरहेको चेल्सीले अर्को खराब नतिजाको सामाना गरेको छ। आइतबार राति भएको खेलमा चेल्सी वुभ्ल्ससँग २–१ले पराजित भयो।

खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो। वुल्भ्सका लािग मारियो लेमिना र म्याट डोहर्टीले गोल गरेका थिए भने चेल्सीका डेब्यू खेलाडी क्रिस्टोफर एनकुकुले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१औं मिनेटमा लेमिनाको गोलबाट वुल्भ्सले सुरुआती ग्रता लियो। त्यसपछि इन्जुरी समयमा २ गोल भएको थियो।

इन्जुरी समयको तेस्रो मिनेटमा डोहोर्टीले गोल गर्दै वुल्भ्सको अग्रता दोब्बर बनाए। छैठौं मिनेटमा एनकुकुले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। एनकुकु प्रिमियर लिगको डेब्यूमै गोल गर्न सफल भए। उनी अघिल्लो सिजन जर्मन क्लब आरबी लेइपजिगबाट चेल्सी आएका हुन्, त्यसपछि चोटले सताइएको उनले १ वर्षपछि डेब्यूको अवसर पाए।

चेल्सीले सन् २००० यता लिगमा अवे मैदानमा लगातार चार खेल हारेको पहिलो पटक हो। चेल्सी १८ खेलबाट २२ अंकसहित दशौं स्थानमै छ। वुल्भस २२ अंक नै जोड्दै ११औं स्थानमा छ।

Back To Top