क्रिस्टल प्यालेसले जित्यो कन्फ्रेन्स लिग उपाधि

28 May, 2026
Share:
117 Shares

जियान फिलिप मटेटको निर्णायक गोल मद्दतले क्रिस्टल प्यालेसले यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ।

बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब रायो भालेकानोलाई १–० ले पराजित गर्दै क्रिस्टल प्यालेस च्याम्पियन बनेको हो।

जर्मनको लाइपजिगमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मटेटाले ५१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि गोल नहँुँदा खेल प्यालेसले जित्यो।

इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो।

यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि बिदाइ लिएका छन्। प्यालेसको साढे दुई वर्षको बसाईमा यो तेस्रो उपाधि हो।

कन्फ्रेन्स लिगको उपाधि जितेर अर्को सिजनको युरोपा लिगका लागि छनोट भएको छ।