इजिप्ट विश्वकपको नकआउटमा पुगेको छ। शनिबार बिहान भयकाृ खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै इजिप्ट समूह उपविजेताका रुपमा नकआउटमा पुगेको हो।
समूह जीमा जितसँगै इजिप्टको ५ अंक भयो। बेज्यिमसँग समान अंक भएपनि गोलअन्तरमा पछि पर्दै इजिप्ट दोस्रो भयो।
यता, जितबाट चुकेपनि इरानको नकआउट पुग्ने सम्भावना बलियो। तीनै खेलमा बरारबी खेलेको उससको ३ अंक छ। खेलमा पेनाल्टी चुकाउँदा इरान जितबाट बञ्चित भयो।
पाँचौं मिनेटमा इजिप्टका महमुद साबेरले गोल गर्दै टिमलाई अग्रता दिलाए। ११ औं मिनेटमा इरानले पेनाल्टी पाया। तर, त्यसमा उसका मेहदी टेरेमी गोल गर्न चुके।
तरm १४औं मिनेटमै इरानले खेललाई बराबरीमा ल्यायो। उसका रमिन रजाइनले गोल गरे।
दोस्रो हाफमो इन्जुरी समयमा इरानले गोल ग¥यो। तर, त्यो गोल भारमार्फत अफसाइड करार दिइएको थियो।
