क्लब फुटबलफुटबल

प्रिमियर लिगमा सिटी, लिभरपुल र टोटनहम विजयी, युनाइटेड पराजित

इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर सिटी, लिभरपुल र टोटनहम विजयी हुँदा म्यान्चेस्टर युनाइटेड भने पराजित भएको छ।

जेरेमी डोकु, बर्नार्डो सिल्भा र एर्लिङ हालान्डले दोस्रो हाफमा गोल गरेपछि म्यानचेस्टर सिटीले वेस्ट ह्याममाथि ३–१को पुनरामगन जित निकाल्यो।

खेलको ३६ मिनेटमा जेम्स वार्ड प्रोजको गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो। तर, डोकुले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै सिटीलाई खेलमा फर्काउन सफल भए। यसै सिजन सिटी आएको उनको यो प्रिमियर लिगमा पहिलो गोल हो।

त्यसपछि सिल्भाले जुलियन अल्भारेजको पासमा ७६ मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाए। ८६ मिनेटमा हालान्डले गोल गरेपछि सिटीले खेल ३–१ले जित्यो।

यस्तै, अर्को खेलमा लिभरपुलले वुल्भ्समाथि पनि ३–१कै पुनरामगन जित निकाल्यो। खेलमा वुल्भ्सले सातौं मिनेटमै ह्वाङ ही चानको गोलबाट अग्रता लिएको थियो।

५५औं मिनेटमा कोडी ग्याक्पोले बराबरी गोल फर्काए। ८५औं मिनेटमा एन्डी रोबर्टसन र इन्जुरी समयमा हार्वी एलियटको प्रहार ह्युगो ब्यूनोलाई लागेर आफ्नै पोष्टमा गएपछि लिभरपुलको जित पक्का भयो।

यता, इन्जुरी समयमा २ गोल गर्दै टोटनहमले सोफिल्ड युनाइटेडलाई २–१ले हरायो। सेफिल्डले ७३ मिनेटमा हामरको गोलबाट खेलमा अग्रता लियो।

तर, दोस्रो हाफको इन्जुरी समयाको आठौं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काए। दशौं मिनेटमा रिचार्लीसनकै पासमा डुभान कुलुसेभ्स्कीले गोल गरेपछि टोटेनहमले खेल २–१ले जित्यो।

यता, ठूला क्लबहरु विजयी हुँदा म्यान्चेस्टर युनाइटेड भने पराजित भयो। ऊ ब्राइटनसँग ३–१ले पराजित भयो। ब्राइटनका ड्याली वेलब्याक, पर्सल ग्रस र जोआ पेड्रोले गोल गर्दा युनाइटेडका हानिबल मेजब्रीले गोल गरेका थिए।