चेल्सीमाथि लिभरपुलको सहज जित, टोटनहमले ब्रेन्टफोर्डलाई हरायाे

1 Feb, 2024

इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल र टोटनहम विजयी भएका छन्। बुधबार राति भएका खेलमा लिभरपुलले चेल्सीमाथि सहज जित निकाल्दा टोटनहमले ब्रेन्टफोर्डलाई हरायो।

घरेलु मैदानमा लिभरपुलले चेल्सीलाई ४–१ले हरायो। लिभरपुलका लागि कोनोर ब्राडली, डिएगो जोटा, डोमेनिक सोबोस्लाइ र लुइस डियाजले पनि गोल गरे। चेल्सीका क्रिस्टोफर एनकुकुले गोल गरेका थिए।

२३औं मिनेटमा डियोगो जोटाको गोलमा लिभरपुलले अग्रता लियो। ३९औं मिनेटमा ब्राडलीले टिमको अग्रता दोब्बर बनाए। ६५औं सोबोस्लाइले गोल गर्दै लिभरपुललाई ३–०को अवस्थामा ल्याएश्र

तर, ७१ औं मिनेटमा एनकुकुले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। तर, ७९औं मिनेटमा डियाजले गरेपछि लिभरपुल ४–१ गोलले विजयी भयो।

यस्तै, अर्को खेलमा टोटनहमले ब्रेन्टफोर्डमाथि ३–२को जित निकाल्यो। टोटनहमका लागि डेस्टिनी उडोगी, ब्रेन्नन जोनसन र रिचार्लीसनले गोल गरे। ब्रेन्टफोर्डका नियल मउपे र इभान टोनीले गोल गरे।

लिभरपुल ५१ अंकसहित शीर्ष स्थानमा छ भने चेल्सी३१ अंकसहित १०औं स्थानमा छ। जितपछि टोटनहम ४३ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने ब्रेन्टफोर्ड २२ अंकसहित १५औं स्थानमा छ।