लिभरपुल शीर्ष स्थानमा, युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित

5 Apr, 2024

इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ।

बिहीबार राति शेफिल्डलाई ३–१ गोलले हराएर लिभरपुल शीर्ष स्थानमा फर्किएको हो। लिभरपुलको जितमा नुनेज,एलिस्टर र गाप्कोले एक एक गोल गरे।

५८ मिनेटमा ब्राड्लीले आत्मघाती गोल गर्दा नुनेजले १७ मिनेटमा गोल गर्दै दिलाएको अग्रता बराबरीमा पुगेको थियो। तर लिभरपुलका एलिस्टरले ७६ र गाप्कोले ९० मिनेटमा गोल गरे।

यता चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि ४–३ गोलको जित निकाल्यो। पहिलो हाफमा दुवै टिमले २–२को बराबरी खेलेका थिए। जसमा युनाइटेडका गर्नाचोले ३४ र फर्नान्डेजले ३९ मिनेटमा गोल गरेका थिए।

तर चेल्सीका गलाघेर र पाल्मरको गोलबाट सुरुवातमै अग्रता लिएको थियो। तर ६७ मिनेटमा गर्नाचोले गोल गरेपछि युनाइटेडले फेरि अग्रता लिए।

इन्जुरी समयको पहिलो मिनेटमा पाल्मरले पेनाल्टी र एघारौ मिनेटमा ह्याट्रिक पूरा गर्दा चेल्सीले रोमाञ्चक जित निकाल्यो।

लिगमा लिभरपुल ७० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको ६८ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अंक छ। युनाइटेड ४८ अंक जोड्दै छैटौं र चेल्सी ४३ अंक जोडेर दशौं स्थानमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]