प्रिमियर लिगमा लिभरपुल र चेल्सीको सानदार जित

6 May, 2024

प्रिमियर लिगमा आइतबार राति लिभरपुलले टोटनहमलाई ४–२ ले पराजित गरेको छ।

पछिल्लो समय खराब लयमा रहेको टोटनहम यो हारपछि शीर्ष चारको सम्भावना कठिन बनेको छ। टोटनहम ३५ खेलबाट ६० अंकसहित पाँचौ स्थानमै छ ।

उपाधि होडको सम्भवना लगभग सकिएको लिभरपुल जितपछि ३६ खेलबाट ७८ अंकसहित तेस्रो स्थानमै छ। लिगमा अब दुई खेल खेल्न बाँकी हुँदा लिभरपुल शीर्ष स्थानको बर्सनल भन्दा ५ अंकले पछि छ।

घरेलु मैदानमा एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह, एन्डी रोबर्टसन, कोडी गाक्पो र हार्भे एलिओटले एक(एक गोल गरे । टोटनहमका लागि रिचार्लिसन र हेउन मिन सनले गोल गरे।

यस्तै आइतबार भएको खेलमा चेल्सीले वेष्टहमलाई ५–० ले पराजित गर्दै सातौं स्थानमा उक्लेको छ। चेल्सी र म्यानचेष्टर युनाइटेडको समान ५४ अंक भएपनि गोलअन्तरमा चेल्सी अगाडि छ।