क्रिस्टल प्लोससँग युनाइटेडको लज्जास्पद हार

7 May, 2024

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लल्जास्पद हार व्यहोरेको छ। सोमबार राति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ४–०ले पराजित भयो।

युनाइटेडविरुद्ध क्रिस्टल प्यालेसलाई जित दिलाउन माइलक ओलिसले २ गोल गरे भने जिन फिलिप माटेटा र टाइरिक मिचेलले पनि गोल गरे।

१२औं मिनेटमा ओलिसको गोलमा क्रिस्टल प्यालेसले अग्रता लियो। माटेटाले ४०औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा युनाइटेडले २–०को अग्रता लियो।

त्यसपछि ५८औं मिचेल र ६६औं मिनेटमा ओलिसले गोल गरेपछि क्रिस्टल प्यालेस ४–०ले विजयी भयो। यो जितसँगै क्रिस्टल प्यालेसले युनाइटेडमाथि पहिलो पटक एकै सिजन दुई पटक जित निकाल्यो।

यता, प्रशिक्षक इरिक टेनह्यागले युनाइटेडमा खराब कीर्तिमान बनाएका छन्। उनी एक सिजन सर्वाधिक खेल हार्ने प्रशिक्षक बनेका छन्। उनको प्रशिक्षणमा युनाइटेडले यो सिजन १३ खेल हारेको छ।

लज्जास्पद हारपछि युनाइटेड ३५ खेलबाट ५४ अंकसहित आठौं स्थानमै छ। प्यालेस ३६ खेलबाट ४३ अंकसहित १४औं स्थानमा छ।