सिटी कीर्तिमानी उपाधिबाट १ अंकमात्र टाढा

15 May, 2024

म्यान्चेस्टर सिटी कीर्तिमानी लागतार चौथो पटक प्रिमियर लिग उपाधि नजिक पुगेको छ। बुधबार राति भएको खेलमा टोटनहमलाई उसकै मैदानमा २–०ले हराएसँगै सिटी लागतार चौथो उपाधि नजिक पुगेको हो।

लिगकोृ अब एक चरणमात्र बाकी रहँदा सिटीलाई अब कीर्तिमानी उपाधि जित बराबरी नै काफी छ। सिटीले अन्तिम खेलमा इत्तिहादमा वेस्टहमसँग खेल्नेछ।

सिटी ३७ खेलमा ८८ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्सनल समान खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ। सिटी वेस्टहमसँग हारे मात्र आर्सलनको उपाधि आशा रहन्छ। आर्सनलले अन्तिम खेल एभर्टनसँग खेल्नेछ।

टोटनहमलाई उसकै मैदानमै हराउने क्रममा एर्लिङ हालान्डले २ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्ड ५१औं मिनेटमा केभिन डे ब्रुयनको पासमा गोल गरेका थिए।

त्यसपछि निर्धारित समयकोृ अन्तिम मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए। पेड्रो पोरोले जेमेरी डोकुलाई डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]