प्रिमियर लिगमा टोटनहमको सानदार जित, सन्डरल्यानडले वेस्टहमलाई हरायो

17 Aug, 2025
Share:
117 Shares

प्रियिमर लिगमा टोटनहमले सानदार सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा उसले बर्नेलीमाथि ३–०को जित निकाल्यो।

उसका लागि ब्राजिलिय स्ट्राइकर रिचार्लिसनले २ गोल गरे भने अर्को गोल ब्रान्डन जोन्सनले गरे।

रिचार्लिलसले १०औं मिनेटमा टिमलाई अग्रता दिलाए। ६०औं मिनेटमा उनले नै टिमको अग्रता दोब्बर बनाए। त्यसको ६ मिनेट पछि नै जोन्सनले गोल गरेपछि टोटनहम ३–०ले विजयी भयो।

यस्तै, अर्को खेलमा नवप्रवेशी क्लब सन्डरल्यान्ड पनि विजयी भयो। उसले वेस्टहममाथि ३–०कै जित निकाल्यो। सन्डरल्यान्डका इलिजर मायन्डा, डानियल बलार्ड र विल्सन इसिडोरले गोल गरेका थिए।

अन्य खेलमा एस्टन भिल्ला र न्युकासलले गोलरहित बराबरी खेल्दा ब्राइटन र फुलहमले १–१ गोलको बराबरी खेले।