आर्सनललाई नटिङ्घले रोक्यो, म्यान्चेस्टर डर्बीमा युनाइटेडका रवाफ

18 Jan, 2026
Share:
117 Shares

नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ।

योसँगै शीर्ष स्थानमा ९ अंकको अग्रता लिने अवसर गुमएको छ। आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन।

यस्तै, म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले जित हात पारेको छ । शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई २–० ले पराजित गरेको हो ।

माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो। युनाइटेडका लागि ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरे ।

यस्तै चौथो स्थानमा रहेको लिभरपुल पनि बर्नलीसँग १–१ को बराबरीमा रोकिँदा रेलिगेसन जोनको वेस्टहमले टोटनहमलाई २–१ले हरायो।

अन्य खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–०, लिड्स युनाइटेडले फुलहमलाई १–०, सन्डरल्यान्डले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो।

आर्सनलको २२ खेलपछि ५० अंक भएको छ। सिटी ४३ अंकमा दोस्रो तथा लिभरपुल ३६ अंकमा चौथोमा छ । उनीहरूबीच एस्टन भिल्ला ४३ अंकमै तेस्रो स्थानमा छ ।

Facebook Comments Box
[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]