
बार्सिलोना रोकियो, वेस्टह्याम र लियोनले खेले बराबरी
युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलका बार्सिलोना जर्मन क्लब फ्रान्कफर्टसँग १–१ को बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा फ्रान्कफर्टले दोस्रो हाफमा सुरुमा पहिले अग्रता लियो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बरारबी गोल फर्काए।
७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा बार्सिलोनाले उठाउन सकेन। अब बार्सिलोना र फ्रान्कफर्टबीचको दोस्रो लेग अप्रिल १५ मा क्याम्प नाउमा हुनेछ ।
यस्तै अर्को खेलमा जर्मन क्लब आरबी लेइपजिग र इटालियन क्लब एटलान्टा तथा इंग्लिस क्लब वेष्टह्याम र फ्रेन्च क्लब लियोनले पनि १(१ को बराबरी खेलेका छन् । यस्तै ब्रागाले रेन्जर्सलाई १(० ले हरायो ।