युरोपा लिगः बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरियो, वेस्टह्याम सेमिफाइनलमा

Read Time:2 Minute

स्पेनिस जाइन्ट बार्सिलोना युरोपा लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिहीबार राति भएको भएको क्वार्टरफाइनलको दोस्रो लेगमा जर्नन क्लब फ्रान्कफर्टसँग ३–२ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।

पहिलो लेग १–१को बराबरीमा सकिएको खेलमा बार्सिलोना समग्रमा ४–३ले पराजित भयो। बिहीबार राति भएको खेलमा फ्रान्कफर्टका फिलिप कोस्टिकले दुई तथा राफेल सान्तोसले एक गोल गरे। यता, बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले गोल गरे।

खेलको चौथौ मिनेटमै कोस्टिकको गोलमा फ्रान्कफर्टले सुरुआती अग्रता लियो। यस्तै, ३६औं मिनेटमा सन्तोसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा कोस्टिकले गोल गरेपछि घरेलु मैदानमा बार्सिलाना ३–०ले पछि पर्‍यो।

१२ मिनेट थप गरिएको इन्जुरी समयका २ गोल गर्दै बार्सिलोनाले खेलमा फर्कने प्रयास गरेको थियो । अतिरिक्त सयमको पहिलो मिनेटमा कप्तान बुस्केट्स गोल गरेका थिए। ११औं मिनेटमा डिपेले गोल गरेका थिए। उनले फ्रान्कफर्टका इभान एनडीकाले फ्रेन्की डी जोङलाई डि बक्समा लडाएपछि प्राप्त पेनाल्तीमा गोल गरे। रेफ्रीले एनडीकालाई रातो कार्ड देखाएका थिए।

बिहीबार राति नै भएका अन्य खेलमा लियोनलाई ३–० ले पराजित गरेको इंग्लिस क्लब वेष्टह्याम पनि सेमिफाइनलमा पुगेको छ। उसले लियोनमाथि समग्रमा ४–१ को जित निकाल्यो ।

यता, दोस्रो लेगमा स्पोर्टिङ ब्रागलाई ३–१ ले पराजित गरेको स्कटिस क्लब रेन्जर्स समग्रमा ३–२ को जित सहित सेमिफाइनल पुग्यो भने जर्मन क्लब आरबी लेइपजिग पनि सेमिफाइनलमा पुग्यो । दोस्रो लेगमा २–० को जित निकालेको उसले इटालियन क्लब एट्लान्टामाथि समग्रमा ३–१ को जित निकाल्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post खेलकुदमन्त्रीले गरे अर्जेन्टिनालाई मैत्रीपूर्ण खेलको प्रस्ताव
Next post एन्फा निर्वाचन : बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट आज
Close