सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

लिग लिडर म्यान्चेस्टर सिटीलाई हराउँदै थोमस टुचेलको टिम चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई १–० ले पराजित गर्दै फाइनमा प्रवेश गरेको हो।

चेल्सीको जितमा हकिम जियचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५५औं मिनेटमा टिमो वेर्नरले दिएको पासमा गोल गरेका थिए। उपाधिका लागि अब चेल्सीले लेस्टर सिटी वा साउथह्याम्पटनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

हारसँगै पेप गार्डिवलाको टिम सिटीको सिजनका चार मुख्य उपाधि जित्ने सपना समाप्त भएको छ। टिमले यो सिजन प्रिमियर लिगको उपाधि जित्ने बलियो सम्भावना छ।

यस्तै, लिग कपको उपाधिका सिटीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्दै छ। यसैगरी, सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा छ। फाइनल प्रवेशका लागि सिटीले साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को पाखा लगाउनुपर्नेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.