म्यान्चेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइलनमा

18 Mar, 2024

म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल पुग्ने क्रममा युनाइटेडले लिभरपुललाई र चेल्सीले लेस्टर सिटीलाई हरायो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ४–३ ले हरायो। युनाइटेडले खेलमा २ पटक पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो।

खेलमा अग्रता भने युनाइटेडले लियो। स्कट म्याकटोमिनेले १०औं मिनेटमा गोल गर्दै युनायटेडलाई अग्रता दिला। तर, पहिलो हाफको अन्त्यमा लिभरपुल खेलमा फर्कियो।

उसका म्याक एलिस्टरले ४४औं र मोहमद सालहाले इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलमा लिभरपुल पूर्णरुपमा हावी भयो।

८७औं मिनेटमा गोल गर्दै एन्टोनीले युनाइटेडलाई खेलमा फर्कियो। त्यसपछि केही समय युनाइटेडलाई निरन्तर दबाबमा राखे पनि थप गोल नहुँदा खेल अतिरिक्त समयमा गयो।

अतिरिक्त समयमा अग्रता लिभरपुलले लियो। उसका १०५औं मिनेटमा हार्भे एलियट गोल गरेका थिए। तर, ११२औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए।

तर, अतिरिक्त समयको अन्तिम समयमा काउन्टरमा एडमा डियालोले गोल गर्दै युनाइटेडलाई ४–३ को रोमाञ्चक जित दिलाए।

यसअघि हिजै भएको खेलमा लेस्टर सिटीलाई ४–२ ले हराएर चेल्सी सेमीफाइनलमा प्रवेश गरेको हो। बराबरीतर्फ उन्मूख खेलमा इन्जुरी समयमा २ गोल गर्दै चेल्सी विजयी भएको हो।